पोखरा, असोज ९ / पोखरामा दिनहूँ बढिरहेको छाडा चौपाया ब्यवस्थापनका लागि महानगरले चासो देखाएको छ । यसअघि विभिन्न योजना ल्याएपनि चौपाया ब्यवस्थित हुन सकेको छैन । यसका लागि महानगरले विशेष समिति नै गठन गरेको छ ।

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन भएको हो । समितिको सदस्यहरुमा वडा नम्बर ६, ७, ८, १५, २१, २२ र ३३ नम्बरका वडाध्यक्षहरु छन् । महानगरले पोखरा १७ को लुमन्ती परियोजना नजिकै छाडा चौपाया थुपार्ने तयारी गरेको छ । करिब ७ सय रोपनी जग्गा खालि रहेकोले सोही जग्गामा छाडा चौपायालाई राखिने महानगरका मेयर मानबहादुर जिसीले जानकारी दिए ।

समितिका संयोजक तीर्थ अधिकारीले दशैंअगाडी नै पूर्वाधार तयार गरिसक्ने बताएका छन् । ‘जतिसक्दो छिटो गोठ बनाउने र चौपाया राख्ने हाम्रो तयारी छ । सम्भवतः दशैं अगाडी गोठ बनाईसक्छौं । त्यसपछि चौपाया राख्न सुरु हुन्छ, उनले भने–चौपायालाई एक ठाउँमा राखेर फार्मिङ गर्ने हाम्रो योजना छ । अर्गानिक खेति गर्ने सोंच छ । पशुबस्तुको अधिकतम उपयोग पनि गर्नेछौं ।’ केहीदिनमै बैठक बसेर खाका तयार हुने उनले जानकारी दिए ।
श्रोत: डी.एन.ए नेपाल  

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter