त्रिवि कार्यकारी परिषद् बैठकले शुल्क वृद्धिको निर्णय गरेको हो । प्रवीणता प्रमाणपत्र तह (नर्सिङ) का विद्यार्थीले दीक्षान्त शुल्क एक हजार रुपैयाँ तिर्नुपर्नेछ । यसअघि ८ सय रुपैयाँमात्र लाग्थ्यो । यसअघि १ हजार ७ सय रुपैयाँ मात्र तिरे पुग्ने स्नातक तह उत्तीर्णलाई २ हजार रुपैयाँ शुल्क तोकिएको छ । स्नातकोत्तर तह उत्तीर्णले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्नेछ । यसअघि १८ सय रुपैयाँमात्र थियो । विद्यावारिधि उपाधि हासिल गरेकाले ३ हजार रुपैयाँ तिर्नुपर्ने छ । यसअघि २ हजार रुपैयाँमात्र थियो ।

दीक्षान्त समारोहको आकर्षण भनेको विद्यार्थीले लगाउने गाउन हो । उक्त गाउन निश्चित समयका निम्ति लगाएर त्रिविलाई फिर्ता गर्नुपर्छ । गाउन लगाउन विद्यार्थीले अग्रिम धरौटी रकम बुझाउनुपर्छ । गाउनको धरौटी रकम पाँच सय रुपैयाँ बढाएर एक हजार पाँच सय कायम गरिएको छ । अनलाइन फाराम शुल्क २ सय रुपैयाँ लाग्ने छ ।

यसरी स्नातक तहका एक विद्यार्थीले दीक्षान्त समारोह सहभागी हुन न्यूनतम ३ हजार ७ सय र अभिभावकसमेत गरी थप ६ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । यसैगरी स्नातकोत्तरको उपाधि लिनेले ४ हजार २ सय र विद्यावारिधि उपाधि लिनेले ४ हजार ७ सय बुझाउनुपर्नेछ ।

विद्यार्थीले दीक्षान्त समारोहपश्चात गाउन त्रिविमा बुझाएपछि १ हजार ५ सय धरौटी फिर्ता पाउने छन् । अनलाइन फाराम भर्ने म्याद आगामी कात्तिक ७ गतेसम्म छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter