दमौली, असोज ९ – मंगलबार (आज) बिहान ६ बजे तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर २ मनहरीमा माइक्रो र बस ठोक्किदा दुईजनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख ४४४२ नम्बरको माइक्रो र पोखराबाट सुनौली तर्फ जाँदै गरेको लु १ ख ४१९५ नम्बरको बस आपसमा ठोक्किदाँ माइक्रोमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मध्ये व्यास– ११ निवासी सरस्वती कुँवरको सनाखत भएको छ भने अर्की एक महिलाको सनाखत हुन सकेको छैन । घाइतेहरूलाई थप उपचारका लागि पोखरा लगिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter