काठमाडौं,असोज ११ – नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका अन्य आन्तरिक विमानस्थल वरपर चंगा उडाउन रोक लागाएको छ । उडान तथा अवतरणको सुरक्षामा ध्यान दिँदै चंगा उडाउन प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै काठमाडौं उपत्यकालगायत विमानस्थल रहेका स्थान वरपर चंगा उडाउन पाइने छैन ।

चंगाबाट उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको प्राधिकरणले जबर्जस्ती गरेमा प्रचलित कानूनअनुसार कडाभन्दा कडा कारबाही गर्ने चेतावनीसमेत दिएको छ । अटेरी गर्नेलाई कारबाही हुने प्राधिकरणले जनाए पनि कस्तो प्रकृतिको कारबाही हुन्छ भन्नेबारेमा स्पष्ट खुलाइएको छैन ।

‘कसैले यो सूचनाको अवज्ञा वा अटेरी गरी यस्तो गतिविधि गरे गराइएको पाइएमा प्रचलित कानूनबमोजिम कडा कारबाही हुने व्यहोरा जानकारी गराइन्छ’, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter