असोज, काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेट खेल्ने ६ टोली र ‘मार्की’ खेलाडी सार्वजनिक भएको छ । आयोजक क्वीन्स इभेन्ट्स प्रालीले पत्रकार सम्मेलन गरी फे्रन्चाइज टिम घोषणा गरेको हो । फ्रेन्चाइज टिममा काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज्, बुटवल ब्लास्टर, विराटनगर टाइटेन्स र इक्सर्ट धनगढी ब्लूज छन् ।

यस्तै सबै टिकको मार्की प्लेयर सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का चितवन राइनोजमा छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं रोयल्सको मार्की प्लेयर भएका छन् । सन्दीप लामिछाने विराटनगर टाइटेन्स, सोमपाल कामी बुटवल ब्लास्टर, शरद भेषावकर पोखरा पल्टन र दीपेन्द्र सिंह ऐरी इक्सर्ट धनगढी ब्लूजको मार्की प्लेयर छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter