दोलखा, असोज १२- दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर –८, भैसेको जंगलमा एक बालक मृत अवस्थामा फेला परेका छन् । बालकको हत्याको आरोपमा प्रहरीले मृतक बालककै काकालाई पक्राउ गरेको छ। काकाले बाबु आमाको रिसका कारण आफ्नै भतिजोलाई निर्मम तरिकाले हत्या गरेका खुल्न आएको छ ।

गत भदौ २७ गते भैसे बजार जान हिँडेका १० वर्षीय बालक कुशल विक हराएको १५ दिन पछि स्थानीयले आधा पुरिएको र दुर्गन्ध आएको अवस्थामा शव फेला पारेका थिए। मृतकका काका पर्ने २५ वर्षीय उमेश विकलाई दोलखा प्रहरीले २४ घण्टा नबित्दै पक्राउ गरेको छ । प्रहरीले हत्या बारे थप अनुसन्धान अगाडी बढाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter