एजेन्सी- एक नवजात बच्चाको काटिएको टाउको कुकुरले मुखमा लिएर घुमिरहेको देखे पछि बनासर हिन्दू विश्वविद्यालयको अस्पतालमा हंगामा मच्चिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बीएचयूको परिसर सुन्दर लाल अस्पताल स्थित बालबालिका वार्ड बाहिर केही मानिसले एक कालो रंगको कुकुर देखेका थिए जस्ले मुखमा नवजात शिशुको टाउको लिएर घुमिरहेको थियो ।

जब कुकुरले काटिएको टाउको लिएर हिडेको अस्पतालमा भर्ना भएका बालबालिकाका अभिभावक देखे उनीहरु चिच्याउन थाले । चिच्याएको आवाज सुनेर कुकुरले बच्चाको टाउको छोडेर हिड्यो । काटिएको शिशुको टाउँको देखेर केही महिला वेहोस भएका थिए ।

उक्त काटिएको टाउकोलाई प्रहरीले पोस्टमार्टमको लागि पठाइएको छ । अहिलेसम्म कसैले बालबालिका हराएको रिपोर्ट नगरेको प्रहरीले बताएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter