८ मंसिर, काठमाडौं ।

प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणमा चुनाव हुने स्थानमा निर्वाचन आयोगले आजबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । मतदाता परिचयपत्र ८ र ९ गते दुई दिन वितरण हुनेछ ।

गत स्थानीय तहको चुनावमा मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका तथा ०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका नयाँ मतदातालाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो । आयोगका अनुसार, मतदाता परिचयपत्र जिल्लाका सम्बन्धित मतदान केन्द्रबाट वितरण हुँदैछ । मतदाता परिचयपत्र लिनका लागि परिचय खुल्ने कागजात व्यक्तिले साथमा लिएर जानुपर्नेछ ।

आयोगले नामावली सार्न, सच्याउन निवेदन दिएका मतदातालाई समेत शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रमा गएर परिचयपत्र बुझ्न आग्रह गरेको छ ।

गत स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेकाले भने सोही परिचयपत्रको आधारमा मतदान गर्न पाउने छन् ।

आयोगले दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रहरुको मतदाता परिचयपत्र भने १९ र २० गते वितरण हुने जनाएको छ ।

३२ जिल्लामा मंसिर १० गते चुनाव हुँदैछ भने बाँकी जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

Leave a Reply

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter