मंगसिर-९, पोखरा
शनिबार पोखरामा हुन गईरहेको बृहत बाम चुनावी भेलालाई सम्बोधन गर्न केपी ओली र प्रचण्ड पोखरा आउदैछन्, सारा वाम गठबन्धन कास्की चुनावी प्रचारप्रसार र भोलिको कार्यक्रमको तयारिमा लागेका बेला वाम गठबन्धनको सम्पर्क कार्यालय पोखरा-९, नयाँबजारमा बम बिष्फोट भएको छ !
साँझ ६: १० को समयमा सेतो हुन्डाईको कारमा नम्बर प्लेट छोपेर दुई जना आएर कारभित्र बाट प्रेसर कुकर फालेर बिस्तारै कार अगाडी बढ्यो करिब ३० सेकेन्डमै उक्त बम पड्किएको प्रत्यक्षदर्शीले जानकारी दिए !
भोलि हुने भनिएको बृहत आमसभाको तयारिमा नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा युवाहरुको बैठक चलिरहेको थियो, बैठक चलिरहदा ड्याम्म आवाज आयो र सबै सहभागी बाहिर निस्किए ! एमाले जिल्ला पार्टी कार्यालयको पछाडी भागमा रहेको वाम गठबन्धनको सम्पर्क कार्यालय पोखरा-९ १००मिटरको दुरी मा थियो, धुवाँ र आवाज आएको दिशा खोज्दै बैठकमा सहभागी युवाहरु बम बिष्फोट भएको ठाउँमा पुगे, लगत्तै प्रत्यक्षदर्शीले भने अनुसार उक्त कारको पछी लाग्दै युवाहरु दौडिए तर नम्बर प्लेट छोपिएको कार भाग्न सफल भयो !
सबै युवाहरु बैठकमा सहभागी भएको र जिल्ला पार्टी कार्यालयतिर व्यस्त रहेकाले र कार्यालय वरपर कोहि मानिस नभएकाले मानवीय क्षति नभएको तर सिध्याउने खेलमा बम प्रहार गरिएको वाम गठबन्धनको सम्पर्क कार्यालय पोखरा-९का संयोजक प्रकाश पौडेले पिपल्स डेली नेपाललाई बताए !
बम बिष्फोट भए लगत्तै प्रहरीलाई खबर गरीए पनि प्रहरी आउन भने करिब २० मिनेट लगाएको थियो ! अहिले घटना स्थललाई प्रहरीको सुरक्षामा बारेर राखिएको छ भने घटनास्थलमा प्रमुख जिल्ला अधिकारि, जिल्ला प्रहरी कार्यालय कास्कीका एस.पि, नेपालि सेना र ससत्र प्रहरीका अधिकारिहरु पुगेर घटनाको विवरण लिई सकेका छन् ! घटनाबारे बुझ्न कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा का उम्मेदवार रबिन्द्र अधिकारि घटनास्थलमा आएर स्थानीयलाई त्रसित नहुन आश्वासन दिएर गएका छन् !
घटना भएको करिब ४० मिनेट पछी एक युवा रक्सिको तालमा एक्कासी भिड बाट घुडाँमा चोटलागेको र रगत बगेको अवस्थामा निस्किएपछी प्रहरीले ऊनलाई पक्राउ गरेको छ !