असोज-१७, पोखरा/ गण्डकी प्रदेश द्वारा सार्वजनिक गरिएको गण्डकी प्रदेशको लोगो विवादमा तानिएको छ । गण्डकी प्रदेश सभाको लोगो छनोट समितिले छानेर सार्वजनिक गरिएको लोगो प्रदेश सभाकै कर्मचारी बिनित थापा मगरले बनाएका थिए तर लोगोमा आफ्नो डिजाईन चोरी गरिएको भन्दै पोखरा विरौटाका महेन्द्र उपाध्यायले प्रदेश सभा सचिवालयमा उजुरी दिएका छन् । प्रदेश सभा सचिवालयमा १४७ नं मा उनले आज उजुरी दर्ता गरेका छन् ।

उजुरी

आफुले दुई वटा लोगो बनाएर प्रदेश सभालाई मेल गरेको तर ति दुई लोगो मिलाएर बनाईएको एक अर्को लोगो प्रदेश सभाकै कर्मचारीको डिजाइन भन्दै लोगो सार्वजनिक भएपछी आफुँ अचम्मित भएको महेन्द्रले बताएका छन् । केहि थोरै कुराहरु मात्रै परिमार्जन गरि बनाईएको अर्को एक लोगो स्वीकृत हुँदा दुःख लागेको उनले बताए । गण्डकी प्रदेश संगको आफ्नो सम्मान र लगावलाई अन्य कसैले प्रयोग गरेर आफ्नो परिश्रमको अवमुल्यन हुन पुगेकाले यस विषयमा आवाश्यक छानबिन गरि न्याय दिलाई दिनुहुन उनले निवेदन मार्फत माग गरेका छन् ।

कलर, अक्षरका फन्ट, लोगो भित्र समावेश गरिएका धेरै जसो कन्टेन्ट उही भएको महेन्द्रको दावी छ । उनले भने नेपालको नक्सा, नक्सा भित्र गण्डकी प्रदेश, गण्डकी प्रदेश भित्र उही जातजाति कसरि संयोग हुन सक्छ ? लोगोमा समावेश गरिएको हिमाल, हिमालको एरिया, अन्य डांडाकाँडा, लालिगुरास, गैंडा, खोला नाला एकै हुनै नसक्ने उनको दावी छ । पहिलो चरणमा आएका कुनै पनि लोगो स्वीकृत नभएपछी प्रदेश सभाले दोश्रो चरणमा डिजाईन माग गरेको थियो । आफुँले पहिलो र दोश्रो चरणमा पठाएका दुई लोगोहरु मिलाएर अर्को लोगो बनाएर चोरी गरेको महेन्द्र पौडेलले बताए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter