१९ असोज, काठमाडाैँ । ललितपुरको महांकाल गाउपालिका –२ मानिखेली १३ बर्षिया वालिकालाइ बलात्कार गर्ने एक भारतीय युवालाइ प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकीबाटै भगाएको छ ।

गत १७ असोज राती घरमा वावु आमा नभएको मौका छोपी घरमा प्रवेश गरेर वालिका बलात्कार को प्रयास गरेका भारत बिहारका वव्लस कमार माझीलाइ स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मानिखेलमा ग्रीलको काम गर्ने माझीले ती वालिकालाइ जर्वजस्ती वलात्कार को प्रयास गर्दागर्दै वालिका कराएपछि स्थानीयले उनलाइ नियन्त्रणमा लिएर प्रहरीमा वुझाएका थिए ।

१७ गते राती नांगो अवस्थामा चाैकी पुर्याइएका माझीलाई प्रहरीले १८ गते नियोजित रुपमा भगाएको स्थानीयको आरोप छ । तर स्थानीय प्रहरीले भने माझै झ्यालबाट भागेको भन्दै खोजी गरिरहेको जनाएको छ ।

अभियक्त माझी भागेपछि आक्रोसित स्थानीयले प्रहरी चौकी तोडफोड गरेकाछन् । बलात्कार प्रयास गर्ने व्यक्तिलाइ प्रहरीकै संरक्षणमा भगाइउको भन्दै स्थानीय तोडफोडमा उत्रिएपछि महानगरिय प्रहरी वृत्त चापागाउबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

वृत्तका डिएसपी राजकुमार खिउजुको नेतृत्वमा परिचालन भएको टोलीले दोशीको खोजी गरिरहेको जनाएको छ । दोषी भनिएका माझीलाइ पक्राउ गरी कारवाही गर्ने आवस्वासन पाएपछि भने अहिले महांकाल गाउपालिका गोटीखेलको अवस्था सामान्य बन्दै गएको प्रहरीको भनाइ छ । राजधानी दैनिकबाट साभार

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter