रौतहट । जिल्ला अदालत, रौतहटमा नियमित पेशीमा उपस्थित भएर फर्किँदै गर्दा सिके राउतलाई नियन्त्रणमा लिएको छ। छुट्टै मधेशको अभियान चलाइरहेका उनलाई पक्राउ गरिएको हो । अदालतमा राउत करिब एक सय समर्थकसहित उपस्थित भएका थिए ।

राउतलार्इ राज्य विरुद्धको अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ । जिल्ला प्रहरीका कार्यालय रौतहटले राउतसहित ३ जनालाई आइतबार नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए। यसअघि पनि प्रहरीले उनलाई पटक पटक नियन्त्रणमा लिएर छोड्दै आएको थियो।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter