२२ असोज, काठमाडाैँ ।  प्रहरी प्रधान कार्यालयले  कञ्चनपुरको भीमदत्तगरपालिका –२ महुलीयाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा थप दुईजना प्रहरीलार्इ निलम्बन गरेको छ । निर्मलाको सुरूवाल पखाल्ने महिला प्रहरी चाँदनी साउद र घटनास्थल अनुसन्धान (क्राइम सिन) गर्ने अधिकृत प्रहरी नायव निरीक्षक हरसिंह धामीलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले एआइजी धिरु बस्न्यात नेतृत्वको अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा उनीहरुलाई निलम्बन गरिएको जानकारी दिए । चाँदनीले निर्मलाले लगाएको सुरूवाल खोलेर पानीमा पखालेकी थिइन् । सुरूवाल पखाल्दा प्रमाण नष्ट गरिएको आरोप प्रहरीमाथि लागेको छ ।

निर्मला हत्या प्रकरणमा यसअघि नै कञ्चनपुर प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी, सीआईबीका डीएसपी अंगुर जिसी लगायत ६ जना प्रहरी अधिकारी निलम्बनमा परिसकेका छन् । चाँदनी र धामी निलम्बनमा परेसँगै निर्मला हत्याकाण्डमा निलम्बनमा पर्ने प्रहरीको संख्या ८ पुगेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter