काठमाडौं, असोज २३- भुटानलाई ११७ रनले हराएर नेपालले मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा लगातार चौथो जित निकालेको छ ।

नेपालले दिएको १५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्गमा उत्रिएको भुटानले १६ ओभर ४ बलमा अलआउट हुँदै ३३ रनमा समेटिएको हो । भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछाने र ललित नारायण राजवंशीले समान ३, वसन्त रेग्मीले २ तथा दीपेन्द्रसिंह ऐरी र शरद भेसवाकरले १ र १ विकेट लिए ।

भुटानका लागि तेञ्जिङ वाङचुकले ११ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । जितसंगै शीर्ष स्थानको नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । अब नेपालले बुधबार चीन र शुक्रबार सिंगापुरसंग खेल्नेछ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter