दमौली,असोज २३- भानु नगरपालिका–२ बाह्रबिसेमा सवारीसाधन दुर्घटनामा परी मृत्यु भएका एक बालकको शव पाँच दिनदेखि दमौली अस्पतालमै रहेको छ ।

क्षतिपूर्ति रकमबारे सहमति नभएपछि शव परीक्षण समेत हुनसकेको छैन । चितवनको नारायणगढबाट लमजुङको बेँसीशहरतर्फ जाँदै गरेको ना३ख ४५३४ नं को बसले ठक्कर दिँदा भानु नगरपालिका–२ का १२ वर्षीय कुमार पोखरेलको मृत्यु भएको थियो । पीडित परिवारले जानाजान ठक्कर दिएर मारेको भन्दै चालकविरुद्ध किटानी जाहेरी दिएका छन् ।

मृतकको परिवारले रु सात लाख क्षतिपूर्ति नदिएसम्म शव नबुझ्ने अडान लिएका छन् । पृथ्वीराजमार्ग बस सञ्चालक समितिले तेस्रो पक्षको बिमाबापत प्राप्त हुने पाँच लाखबाहेक एक लाखभन्दा बढी क्षतिपूर्ति दिन नसक्ने जनाएको छ ।रासस

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter