काठमाडौं, असोज २३- ललितपुरमा आज भएको दुर्घटनामा एकको ज्यान गएको छ । ललितपुरको धापाखेलमा टाटा मोबाइल र मोटरसाइकल ठोक्किदा १८ बर्षीय निश्चल आचार्यको घटनास्थलमै मृत्यु भएको हो ।

ललितपुरको धापाखेल मोडमा बा ५ च १८९ नम्बरको टाटा मोबाइल र बा ९६ प ४८२९ नम्बरको मोटराइकल एक आपसमा ठक्कर खाँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter