एजेन्सी – सोह्रश्राद्धमा पितृहरुको सम्झनामा तर्पण तथा पिण्डदान गरिन्छ तर भारतमा पत्नी पिडित पुरुषले आफ्नै जीवित श्रीमतीको पिण्ड दान गरेका छन ।

 यो घटना भारतको महाराष्ट्र राज्यको नासिकमा भएको हो । त्यहाँ वास्तव फाउन्डेसन नामक संस्थाले सामूहिक रुपमै पिण्डदान कार्यक्रम आयोजना गरिएको थियो । भारतीय समाचार माध्यमका अनुसार सयभन्दा बढी पुरुषले आफ्ना जीवित पत्नीको पिण्डदान गरेका थिए ।

आइतबार भएको कार्यक्रममा पण्डितले वैदिक मन्त्र उच्चारण गरेका थिए भने पुरुषहरुले पत्नीको नाममा गोदावरी नदीमा पिण्ड अर्पित गरेका थिए ।संस्थाका अध्यक्ष अमित देशपाण्डेका अनुसार पत्नीबाट प्रताडित पुरुषहरुले जीवित पत्नीकै पिण्डदान गरेर आफ्ना समस्याप्रति सिंगो देशको ध्यानाकर्षण गराएका हुन् ।

पिण्डदान गरेका पुरुषहरुले पुरुषको अधिकारका लागि छुट्टै आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter