आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गुगल क्रोम ब्राउजर प्रयोग गरिरहनु भएको छ होला । तर अब केही एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि दुखद खबर छ । किनकी अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन ।

यद्यपि यो समाचारबाट सबै एन्ड्रोइड प्रयोगकर्ता तर्सिनु पर्दैन । किनकी गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ ।यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter