एजेन्सी – एयर इन्डियोको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । मुम्बइको त्रिचीबाट दुबइको लागि उडान भर्न लागेको विमान रनवेबाट उडान भर्नासाथ एयरपोर्ट कम्पाउन्डमा रहेको भवनको पर्खालमा ठोकिएको थियो ।

विमानमा १३६ यात्रु सवार रहेका थिए । टेक अफ गर्ना साथ विमानको अगाडिको पांग्रा भवनहरुमा ठोकिएको थियो तर पनि विमानलाई पाइलटले मुम्बइमा सुरक्षित अवतरण गराएका थिए।

विमान मुम्बइमा अवतरण गरिएपछि अधिकारीहरुले घटनाको अवस्थाबारे समिक्षा गरेका थिए । विमानका साथ भएको यस्तो दुर्घटनापछि विमानको रुटमा परिवर्तन गरेर मुम्बइमा ल्याण्ड गराइएको छ । उक्त विमानको जाँच गरिएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter