काठमाडौं – मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’को अन्तिम खेलमा सिंगापुरले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रन जोड्दा अलआउट भयो ।सिंगापुरका लागि एस चन्द्रमोहनले २५, मनप्रीत सिंहले १० र सिद्धान्तले १० रन बनाएका थिए । बाँकी ७ जनाले दोहोरो अंकको रन बनाउन सकेनन् ।

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले समान २ तथा वसन्त रेग्मी र ललितनारायण राजवंशीले १-१ विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी लक्ष्य पछ्याउने छ । आजको विजेता प्रतियोगिताको विजेता बन्नेछ । नेपालको लक्ष्य आजको खेल जित्दै उपाधिसहित दोस्रो चरणमा पुग्नुरहेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter