नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सिन्धुलीका सवै स्थानीय तहमा एकीकरण सम्पन्न भएको छ । केन्द्रमा नेताहरूको व्यवस्थापनकै विषयमा कुरा नमिलिरहेको अवस्थामा सिन्धुलीका दुई नगरपालिकासहित ९ ओटै स्थानीय तहमा सहमतिबाट एकीकरण भएको हो ।

केन्द्रबाट एकीकरणको मापदण्ड र मोडालिटी आउन ढिला भएपछि सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण भएका हुन् । ३ नम्बर प्रदेश कमिटीको अनुमति लिएर नेकपाको सिन्धुली जिल्ला कमिटीको समन्वयमा जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा तत्कालीन एमाले र माओवादीका कमिटी एकीकरण गरिएको हो ।

सहमतिअनुसारदुधौली नगरपालिकामा लक्ष्मण कार्की अध्यक्ष, दिपक खडका सचिव, कमलामाईमा चुढामणि श्रेष्ठ अध्यक्ष, शेरबहादुर कार्की सचिव चयन भएका छन । यस्तै तीनपाटन गाउँपालिकामा छत्रबहादुर दाहाल अध्यक्ष, आनन्द कार्की सचिव, फिक्कल गाउँपालिकामा रामप्रसाद भण्डारी अध्यक्ष, मुरारी भण्डारी सचिव, गोलन्जोर गाउँपालिकामा केपी पोखरेल अध्यक्ष,रेगन थापा सचिव, सुनकोशी गाउँपालिकामा रोमनराज गिरी अध्यक्ष, लोबहादुर थापा सचिव चयन भएका छन ।

यसैगरी ध्यांगलेख गाउँपालिकामा शंकरराज घलान अध्यक्ष, दिनेश लों सचिव, मरिण गाउँपालिकामा गोपाल बसढाथोकी अध्यक्ष, हरिप्रसाद स्यांतान सचिव र हरिहरपुरडढी गाउँपालिकामा मानबहादुर वाइवा अध्यक्ष र बाबुराम राई सचिव चयन भएका हुन ।

एकीकरण गर्दा ९ स्थानीय तहमध्ये दुबै नगरपालिका सहित ५ स्थानीय तहमा तत्कालीन एमालेले अध्यक्ष पाएको छ भने तत्कालीन माओवादी केन्द्रले चार गाउँपालिकामा अध्यक्ष पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएको ठाउँमा पूर्वमाओवादीले सचिव रपूर्वमाओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्वएमालेले सचिव पाएको छ ।

सहमति निर्माणमा नेकपाका नेताहरु बिषमलाल अधिकारी दनुवार, कमलजंग राई, लेखनाथ दाहाल (राजन), प्रदीप कटुवाललगायतकाले बिशेष पहलकदमी लिएका थिए ।
हेर्नाेस सहमतिको सूची

सम्पूर्ण श्रोत : जनता टाईम्स 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter