काठमाडौँ, २६ असोज । सिंगापुरका मनप्रित सिंहलाई विकेटकिपर विनोद भण्डारीमार्फत् क्याच गर्दै स्पीनर सन्दीप लामिछानेले एउटै प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् ।

आईसिसी ट्वान्टी-२० विश्वकप छनोटअन्तर्गत एसिया पूर्वी क्षेत्र छनोटको खेलमा सन्दीपले २२ विकेट लिइसकेका छन् ।

यसअघि वसन्त रेग्मीको नाममा रहेको २१ विकेटको कीर्तिमान तोड्दै सन्दीपले सर्वाधिक विकेट लिने खेलाडीमा आफ्नो नाम दर्ता गरेका हुन् ।

यसअघि २०१२ मा मलेसियामा नै भएको विश्व क्रिकेट लिग डिभिजन ४ को खेलमा वसन्त रेग्मीले २१ विकेट लिएका थिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter