चितवन – जलबिरेमा दुर्घटना हुँदा मृत्यु भएका तीनजनाकै सनाखत भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त जानकारी अनुसार मृतकमध्ये एकजना झापा मेची नगरपालिका ८ का २५ वर्षीय हेमबहादुर राजवंशी र स्याङ्जा पुतलीबजार नगरपालिका ९ का ७५ वर्षीय तुलबहादुर थापा छन् ।

बिहान मृत्यु भएका बस चालक झापा मेची ८ कै ३५ वर्षका उदयमान राजवंशीको मात्रै सनाखत भएको थियो ।

च्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो ।

मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter