काठमाडौँ, ७ कात्तिक ।  वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै युवाहरुबाट रकम असुल गर्ने गरेको अभियोगमा दोलखाका दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।

कोइरालाले खोटाङ दिप्रुङका श्याम खड्काबाट १९ लाख रुपैयाँ आसुलेको पाइएको महानगरीय प्रहरी अपराध महासाखाले जनाएको छ ।

कोइरालालाई महाशाखाको टोलीले मंगलबार काठमाण्डुको बालुवाटारबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा कोइरालाले अन्य व्यक्तिबाट पनि विदेश पठाउने, जग्गा खरिद गर्ने, व्यापार गर्नेलगायतका बहानामा ठूलो रकम उठाउने गरेको पाइएको महाशाखाले जनाएको छ ।

खड्कासँग रकम लिएर जापान नपठाएपछि कोइरालाले रकम नभएको खाताको १९ लाख रुपैयाँको चेक दिएको आधारमा बैंकिङ कसूर मुद्दामा आवश्यक कारबाही अघि बढाइएको महानगरीय प्रहरी प्रभाग टेकुले जनाएको छ ।

विभिन्न व्यक्तिहरुलाई पैसा डबल हुने, व्यापार व्यवसायमा शेयर दिने, सस्तो मूल्यमा जग्गा जमिन मिलाइदिने तथा वैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर कोइरालाले १ अर्ब भन्दा बढी ठगी गरेको प्रहरीको आशंका छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter