७ कात्तिक, स्याङजा । नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी  जवानलार्इ झापड हानेका छन । हरिनासकै वडा नम्बर –६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा प्रहरीले रोक्न नसकेको भन्दै अध्यक्ष मानन्धरले प्रहरीलार्इ झापड हानेका हुन । मानन्धरको झापडबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते भएका छन ।

घाइतेको मेडिकल रिपोर्ट तथा घटनाबारे सबै विवरण पेस गर्न प्रहरीलाई निर्देशन दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताएका छन ।  उनले गाँउपालिकाका प्रमुख स्थानीय सरकार प्रमुखसमेत भएका भन्दै कानुन हातमा लिने काम कोही कसैबाट हुन नहुने स्पष्ट परेका छन । उनले कानुन हातमा लिइएको पाइएमा कारबाही हुने बताए ।

घटनाबारे छानबिन भैरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले बताए । उनले दुई पक्षको बीचमा विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै ठेलमठेल भएको बताएका छन । प्रहरी प्रमुख सापकोटाले गाँउपालिका अध्यक्ष मानन्धरलाई प्रहरी चौकी बोलाइएको बताएका छन । गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले भने प्रहरीमाथि एक झापड हानेको स्वीकार गरेका छन । उनले दार्सिङका युवाहरुले हातहतियारसहित आक्रमण गर्दा प्रहरी रमिते बनेको र अाफ्ना माइला दाजु सोमनारायण मानन्धरमाथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज, कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको बताएका छन ।
-dainiki.com बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter