काठमाडौं । दशैं सकिएको छ । दशैं सकेर सबै आ आफ्नो काममा फर्किने क्रम पनि जारी छ । तर एउटा घटनाले सामाजिक सञ्जालको दशैं भने सकिएको छैन् । दशैंको टिकाका दिन राष्ट्रपति समक्ष घुँडा टेकेरे टिका लगाएको तस्बिरले यतिबेलासम्म पनि सामाजिक सञ्जाल तातिरहेको छ ।

पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले दशैंको दिन राष्ट्रपति समक्ष घुँटा टेकेरै टिाक लगाएका थिए । उक्त घटनाले अहिलेसम्म पनि सामाजिक सञ्जालमा चर्चा पाईरहेको छ । यसैविच चर्चित हात्य कलाकार केदार घिमिरे ‘माग्ने बुडो’ ले अर्कै झटारो प्रहार गरेका छन् ।

दशैं सकिएको भोलीपल्ट अर्थात बिहीबार ‘माग्ने बुडो’ ले प्लाष्टिकको कुर्सी हातमा बोकेको तस्विर फेसबुकमा सेयर गर्दै यस विषयमा झटारो प्रहार गरेका हुन् । उनकी श्रीमती सीताले समेत कुर्सी बोकेको तस्बिर सार्वजनिक गर्दे उनले लेखेका छन्, ‘हामी त दशैंभरी आफ्नै कुर्सी बोकेर टीका लाउन हिँडियो । कतै घुँडा टेक्नै परेन ।’

उनले यो व्यंग्य सिधै राष्ट्रपति कार्यालयबाट बाहिरिएका तस्वीरहरुलाई लक्षित गर्दै गरेका हुन् । राष्ट्रपति कार्यालयमा कुर्सी व्यवस्थापन नहुँदा केहि विशिष्ट व्यक्तिहरुले हदैसम्मको आलोचना खेपिरहेका बेला माग्ने बुडाले झटारो प्रहार गरेका हुन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter