काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नाम कुन पक्षलाई दिने भन्ने विषयमा हिजो सम्बन्धित दलबीच सहमति हुन नसकेपछि निर्वाचन आयोगले नै यसबारे निर्णय गर्ने भएको छ ।तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठन भइ आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसअघि दर्तामा रहेको ऋषि कट्टेल नेतृत्वको नेकपाका प्रतिनिधिसँग हिजो आयोगमा छलफल भएको थियो ।

आयोगका प्रवक्ता एवं सहसचिव दीपक सुवेदीकाअनुसार दुवै पक्षले नेकपाको नाममा दाबी कायम राखेपछि आयोगले मिलेर आउन हिजो दिउँसो दुई घन्टाको समय दिएको थियो ।सो अवधिमा कुनै सहमति नजुटेपछि आयोगले चाँडै यसबारे निर्णय दिने जनाएको छ ।छलफलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट मुक्ति प्रधान र नेकपाका तर्फबाट अध्यक्ष कट्टेलले बहस गरी आफ्नो पक्षले उक्त नाम पाउनुपर्ने दाबी प्रस्तुत् गर्नुभएको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter