दोलखा, कात्तिक ९ – दोलाखाको गौरीशंकर गाउँपालिकामा आगलागीमा परेर हजुरआमा र नातिको ज्यान गएको छ । गौरीशंकर गाउँपालिका ९ मा रहेको टासिनाम शेर्पा गाउँका गोपाल शेर्पाको घरमा आगो लाग्दा उनकी ८० वर्षकी आमा डालकी र १२ वर्षका छोरा मिङमा शेर्पाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

राति साढे २ बजेतिर लागेको आगोमा परेर शेर्पाका १५ वर्षका अर्का छोरा फूर्साङ घाइते भएका छन् । फूर्साङलाई उपचारका लागि चरिकोट पठाइएको प्रहरीले जनाएको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter