काठमाडौं, कात्तिक ९- पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यू हुनुका साथै दुई जना घाइते भएका छन । दुवै मोटरसाइलक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी लु५प २१७१ नं को मोटरसाइकल चालक पूर्वी नवलपरासी कावासोती–१२ पिठुवा बस्ने वर्ष २१ का मेनजन गुरौको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ना५९प ८४६४ नं का मोटरसाइलक चालक पूर्वी नवलपरासी कावासोती–३ बस्ने वर्ष २० का कासिकराज अमात्य र सोही मोटरसाइकलको पछाडी सवार कावासोती–३ बस्ने वर्ष २३ का खिमलाल कँडेल घाइते भएको प्रहरीले जनाएको छ ।