काठमाडौं, कात्तिक ९ -सुन प्रतितोला ६० हजार चार सय रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर बन्नुका साथै सेयर बजारसमेत तल झरेका कारण यसको असर सुन बजारमा परेको हो। डलरसँग भारतीय रुपैयाँ कमजोर हुनु र भारुसँग नेपाली रुपैयाँको स्थिर विनियम दरका कारण सुनको भाउ आकासिएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले जानाकारी दिए।

साउन ३० गते प्रतितोला ५६ हजारमा कारोबार भएको सुन दुई महिनाको अवधिमा करिब पाँच हजारको हाराहारीमा वृद्धि भइ बिहीबार ६० हजार चार सय पुगेको हो। ‘भारु तलमाथि भइरहेको छ’,शाक्यले भने, ‘त्यसै कारण नेपाली बजारमा सुन महँगो भएको हो।’

अन्तर्राष्ट्रिय बजारमा बिहीबार प्रतिऔंस सुन एक हजार दुई सय ३८ डलर १० सेन्टमा कारोबार भएको छ। यदि तीन महिना अघिजस्तो एक सय दुई रुपैयाँमा एक अमेरिकी डलर आउथ्यो भने अहिले पनि ५३ हजारमा नेपालीले एक तोला सुन पाउने थिए। दसैं अघिसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन एक हजार दुई सय २१ डलर थियो। पछिल्ला समय ५७ हजारबाट बढ्दै प्रतितोला सुन साढे ६० हजारको हाराहारीमा पुगेको हो।

अहिले सुनका लागि नेपालीले बढी मूल्य तिर्नुपरेको प्रमुख कारण भने अमेरिकी डलरको महँगिनु नै हो। अमेरिकी सेयर बजार र डलर दुवै कमजोर हुँदा पनि नेपाली बजारमा भने ६ वर्षयताकै सुन महँगो भएको हो। भारु कमजोर भएसम्म नेपाली उपभोक्ताले यसरी नै महँगिको मार खेप्नुपर्ने महासंघले जानकारी दिएको छ। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter