काठमाडौं, कात्तिक १०/ प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले दिनुभएको जानकारी अनुसार प्रधानमन्त्री ओलीमा सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा संक्रमण देखिएको हो । सोही समस्याको कारण पार्टीको तर्फबाट बजिया दशमी, दिवापली, छठ, नेपाल सम्बतलगायतका पर्वको अवसरमा आज आयोजित चियापानमा प्रधानमन्त्री ओली सहभागी हुन सक्नुभएन ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीको अनुपस्थितिलाई लिएर मिडिया तथा कार्यकर्ताले प्रश्न गरेपछि महासचिव पौडेलले उहाँको अवस्था कार्यक्रममा उपस्थित हुन नसक्ने रहेको जानकारी दिनुभएको हो । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई सामान्य रुघाखोकी, भाइरल ज्वरो र छातीमा सङ्क्रमण देखिएकाले आउन नसक्नु भएको हो, उहाँ यहाँ आउन नसके पनि भावनात्मकरुपमा उपस्थित हुनुभएको छ,’ महासचिव पौडेलले भन्नुभयो ।

चियापानमै सहभागी प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री ओली आउने तय भए पनि अस्वस्थ्यताका कारण नआउनुभएको जानकारी दिनुभयो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter