अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड रुपैया बराबरको सरकारी जग्गालाई किर्ते कागजात खडा गरी बेच्ने कार्यमा संलग्न ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्यटर अपरेटर एजाज खाँलाई जनही २ करोड ८६ लाख ५२ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर भएको हो ।

राष्ट्रसेवक कर्मचारीले आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानुनी लाभ तथा प्रत्यक्ष फाइदा पुर्याउने काम गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

यसैगरी मालपोत कार्यालय, परासीका कर्मचारीहरुलाई अनुचित प्रभावमा पारी आफूलाई गैर कानूनी लाभ हुने र नेपाल सरकारलाई हानी पुराउने कार्य गरेको भन्दै दीपक सुनार, बिचौलिया यादबप्रसाद भण्डारी, लुम्बिनी ग्याँसका प्रतिनिधि सुरेन्द्रराज पौड्याल तथा अर्का विचौलिया सुदन श्रेष्ठलाई पनि जनही २ करोड ८६ लाख ५२ हजार बिगो रकम मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter