प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि आज बिहान महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे विज्ञप्ती जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओलीको छातीमा सङ्क्रमण देखिएको र चिनीको मात्रा असन्तुलित भएको जनाएको छ ।

शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको छ । गत शुक्रबारदेखि अस्वस्थ्य भएका प्रधानमन्त्री ओलीलाई आज बिहान ०४ः३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा राखिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उनाँकोे छातीमा भएको सङ्क्रमणमा क्रमिक सुधार आएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनी (सुगर) को मात्रा गए राति ३०० मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा सिंहलले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप सङ्क्रमण हुन सक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिए । सिंहले दशैमा टीकाटालो र कार्यक्रहरुमा सहभागि हुनुपर्ने धपेडीले संक्रमण भएको बताए ।

दशैँमा गृहजिल्ला झापा पुगी फर्किएर काठमाडौँ टीकाटालो गर्नुका साथै कार्यकर्ता र सर्वसाधारणलाई दैनिक टीका लगाई दिएका थिए । त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा सहभागी भएका थिए । अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले यही कात्तिक १० गते आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भएका थिए । चिकित्सकले आराम गर्न सुझाव दिए पनि आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओली सहभागि भएका थिए ।
-केन्द्रविन्दु बाट 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter