१६ कात्तिक, काठमाडौँ । शरिरमा लुकाएर ल्याएकाे २२ लाखसहित नागढुंगाबाट मोहम्मद हसीव पक्राउ परेका छन् । प्रहरीले स्रोत नखुलेको २२ लाख ५० हजार रुपैयाँसहित उनलार्इ पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले उक्त रकमसहित नेपालगञ्ज उपमहानगरपालिका–४, सल्यानीवाग बस्ने ३६ वर्षीय मोहम्मद हसीव सिद्दिकीलाई पक्राउ गरेको हो । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६४७७ नम्बरको बसमा सवार उनी चेकजाँचको क्रममा शंकास्पद रुपमा भेटिएका र खानतलासी गर्दा उनले शरीरमा लुकाएको अवस्थामा रकम बरामद भएको नागढुंगाका प्रहरीले जनाएकाे छ ।

यनिमाथि थप अनुसन्धान जारी रहेकाे पनि प्रहरीले जनाएकाे छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter