१६ कात्तिक, गुल्मी । गुल्मीमा श्रीमतीको हत्यागरी श्रीमान फरार भएका छन् । मदाने गाउँपालिका-६ पनाहा निवासी ३२ वर्षीय दुर्गा नेपालीले ३१ वर्षीया सीता नेपाली श्रीमतीलार्इ कुटपिट गरी हत्या गरेर फरार भएका छन् । नेपालीले शुक्रवार बिहान श्रीमतीकाे हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिपकुमार बस्नेतले जानकारी दिए ।

श्रीमतीको हत्या गरी फरार भएका दुर्गाको खोजी कार्य भइरहेको उनले बताए । घटनाबारे थप बुझनको लागि प्रहरी उपरीक्षक बस्नेतसहित जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ । घटनाबारे थप जानकारी अनुसन्धान पछि मात्रै खुल्ने एसपी बस्नेतले जानकारी दिए ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter