पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को आजको पहिलो खेलमा काठमाडौं रोयल्सलाई पोखरा पल्टनले ४ विकेटले पराजित गरेको छ । यो जितसंगै पोखरा दोस्रो चरणमा पुग्ने प्रवेश गरेको छ ।

काठमाडांले दिएको १०४ रनको लक्ष्य पोखराले १५.४ ओभरमा ६ विकेट गुमाएर भेटायो। पोखराका मोहम्मद नाविदले ३६, मोहम्मद नाविदले १७, आसिफ सेखले १६ र कुशल भुर्तेलले १४ रन जोडेका थिए । उता बलिङ तर्फ अमरसिंह रौटेलाले २ तथा सुशान भारी, नन्दन यादव, पवन सर्राफ र सुशान भारीले समान १–१ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले १९.१ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्रै बनाएको थियो। अहिले पोखरा ६ अंकका साथ शीर्ष स्थानमा पुगेको छ। यस्तै काठमाडौं दोस्रो र धनगढी तेस्रो स्थानमा छ । शनिबार दिउँसो चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् । विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter