पोखरा, १६ कार्तिक । जन्मदिनमा साथीभाइ भेट गरी केक काट्दै रमाईलो गर्ने प्रचलन छ । तर, विद्यार्थी नेता बिनोद भण्डारीले आफ्नो जन्मदिन भिन्न तबरले मनाएका छन् । जनप्रिय बहुमुखी क्याम्पसका अनेरास्ववियू नेता भण्डारीले बालबालिकासँग आफ्नो जन्मदिन मनाए ।

पोखरा बाटुलेचौर स्थित अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा आश्रित बालबालिकालाई स्टेशनरी र खेलकुदका सामाग्री वितरण गर्दै आश्रममा खाद्यान्न प्रदान गरे ।

शारदा बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू कास्की जिल्ला कमिटि (भूगोल) अध्यक्ष शेखर गौतमले विद्यार्थीहरु रचनात्मक हुनुपर्ने बताए । उनले युवाहरुले आफ्नो जन्मदिनमा खाएर र रमाईलो गरेर सक्ने पैसा यसरी बालबालिकाको शिक्षा र जीवनयापनमा सहयोग गर्न सके त्यो नमुना कार्य हुने बताए ।

स्थानीय समाजसेवी बसन्त तिमिल्सिनाले यसरी जन्मदिन मनाउँदा बालबालिकाका लागि सहयोग पुगेको बताए । अनेरास्ववियू जनप्रिय बहुमुखी क्याम्पस कमिटि सचिव गोविन्द महतले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी नेताहरु रोशन भट्टराई, हरि अछामी, सागर शर्मा, आविष्कार केसी लगायतको उपस्थिति रहेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter