१८ कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसका नेता समेत रहेका स्याङजाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी रक्सीको बोतलले कुटिएका छन । होटलमा बसेर होहल्ला गरिरहेका मेयर गिरीसहितको टोली कालिकोटमा रहेको सनलाइट होटलमा कुटिएको हो । रक्सी खाएर हल्ला गर्ने दुर्इ टोलीबीच झडप भएको त्यहाँको प्रहरीले जनाएको छ ।

शनिवार राति रक्सी खाएर विवाद गर्दा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए । शर्माका अनुसार शनिवार राति करिब १० बजे मेयर गिरी सहितको टोली रारा ताल घुमेर सनलाइट होटलमा बास बस्न पुगेको थियो। होटलमा मेयरसहित पुगेको टोलीले रक्सी खाएर होहल्ला गरिरहेका थिए ।

उनीहरूले बढी नै होहल्ला गरेपछि भक्तपुरबाट रारा घुम्न गएको टोलीले प्रतिकार गरेको बुझिएको छ । उनीहरूले होटेलमा मेयरको टोलीले होहल्ला गरेपछि आफूहरुलाई डिस्टर्ब भएको भन्दै हल्ला नगर्न आग्रह गरेपछि दुई पक्षविच झडप भएको प्रहरीले जनाएको छ ।

उनीहरुविच राति वियरको बोतल र ढुङगा हानाहानी भएको थियो। ढुङगा र बोतल लागि घाइते भएका मेयर र उनका स्वकीय सचिव र प्रहरीसहित अन्य केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको रक्सी गरेको झगडा ग्याङ फाइट जस्तो देखिएको प्रत्यक्षदर्शीले बताएका छन ।

गत स्थानीय निर्वाचनमा गिरी स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट मेयरमा विजयी भएका थिए । मेयर गिरीले गत असोजमा फेसबुकमा अाफ्नो अालोचना गरेको भनेर एक स्थानीय युवालार्इ समेत कुटाउन लगाएको अारोप लागेको थियो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter