एजेन्सी-संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको प्रहरीले भनेको छ लस एन्जलिस् स्थित एउटा मदिरालय, बार, अगाडि भएको गोली प्रहारको घटनामा एकजना प्रहरीसहित कम्तिमा १२ जनाको ज्यान गएको छ।स्थानीय समयअनुसार बुधबार रातीको ११:२० बजे क्यालिफोर्नियाको थाउजण्ड ओक्सस्थित “बोर्डरल्याण्ड बार एण्ड ग्रील” नामको मदिरालयमा गोली चल्न सुरु भएको थियो।कम्तीमा अन्य १० जना घाइते छन्।

भेन्चुरा काउन्टीका एकजना प्रहरीले मारिनेमा बन्दूकधारी पनि रहेको बताएका छन् तर ती व्यक्तिको पहिचान भैसकेको छैन। प्रहरीलाई गोलकाण्डको उद्देश्यका बारेमा पनि केही थाहा हुन सकेको छैन।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter