हरारे। जिम्बाबेमा भएको गम्भीर बस दुर्घटनामा परी बुधबार कम्तीमा ४७ जनाको मृत्यु भएको छ । दुई ओटा बस एक आपसमा ठोक्कीएर दुर्घटना भएको जिम्बाबेका सरकारी अधिकारीले जानकारी दिएका छन् । प्रहरी प्रवक्ता पौल न्याथीले राजधानी हरारेदेखि १५६ किलोमिटर टाढा पर्ने रुसप नजिकै दुर्घटना भएको बताए । प्रवक्ता न्याथीले ४७ जनाको मृत्यु भएको पुष्टी गर्दै घटनाको कारणका बारेमा भने अहिलेसम्म केही स्पष्ट भइनसकेको जानकारी दिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

मृत्यु भएका ४७ जनामध्ये ४५ जना बयस्क र अरु दुई जना बालबालिका रहेको समाचारमा जनाइएको छ ।एजेन्सि

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter