काठमाडौं, कात्तिक २८ — कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टिकरण सोधेको छ । शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखेरेललाई किन कारबाही नगर्ने भनी ३ दिने स्पष्टीकरण सोधेका हुन् ।

पोखरेलले शिक्षाका उपसचिवहलाई नगरपालिकामा खटाइएको र मन्त्रालयले फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको विषयमा स्टाटसमार्फत असन्तुष्टि पोखेका थिए । शिक्षा मन्त्रालयले कात्तिक १३ गते आफ्नो मातहातका कर्मचारी, शिक्षक र प्राध्यापकलाई फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो ।

जसमा मन्त्रालयका गतिविधिको समर्थन गर्न पाइने तर खण्डन गर्न नपाइने तर खण्डन गर्न नपाईने उल्लेख छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter