पोखरा, कार्तिक २९ / वर्षातमा नदीको बहाव बढेसँगै बन्द भएको कालीगण्डकीको स्टिमर सेवा पुन सञ्चालनमा आएको छ । गुल्मी, स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन हुँदै आएको छ ।

 पानीको सतह घटेपछि मात्र स्टिमर सेवा सञ्चालनमा ल्याइएको छ । जल यातायात सेवा सुचारु भएपछि गुल्मी, स्याङ्जा, पर्वत, बाग्लुङ्गका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् । कालिगण्डकीमा ७ किलोमिटरको दुरीमा जल यातायात सञ्चालन हुन्छ । २०५६ देखि स्टिमर सेवा सञ्चालनमा आएको हो ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter