रुकुम, २ मंसिर । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमति र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणि गाउँपालिका १ बल्लेजुराका ४९ वर्षीय सत्तवहादुर बुढाले ४२ वर्षिया श्रीमति इन्द्रकला बुढा र ११ वर्षीय छोरा स्वयम प्रकाश बुढाको हत्या गरेका हुन् ।

बुढाले शनिबार राति २ बजेको समयमा श्रीमति इन्द्रकलालाई भरुवा बन्दुकले गोलि हानी हत्या गरेका छन् । यसैगरी नउले छोरा स्वयम प्रकाशलाई खकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्थानीयले खवर गरेपछि घटना स्थलमा पुग्दा आमा छोरा हत्या गरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए ।

बुढाले श्रीमति र छोराको हत्यापछि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । बुढाले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेको डिएसपी खड्काले बताए । बुढाले मदिरा सेवन गरी श्रीमति र छोराको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

थप अनुसन्धान गर्न बाँकी रहेको डिएसपी खड्काको भनाई छ । बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले भने बुढा मानसिक रुपमा स्वस्थ नरहेको बताएका छन् । बुढा यसअघि ५ दिन जंगलमा बसेका थिए । परिवारले खोजी गरी घर ल्याई धामि झाँक्रि गरेको र उपचारका लागि अस्पताल लैजाने तयारी भैरहेका बेला घटना भएको स्थानीयको भनाई छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter