काठमाडौँ, २ मंसिर । काँग्रेसले नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिलाई नै म्याद थप गरेर महाधिवेशन गर्न निर्देशन दिने भएको छ । वर्तमान कार्यसमितिको म्याद छोटो समय थपेर अधिवेशन गराउने जिम्मेवारी दिन सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भैसकेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार सहमतिमै दुवै नेता वर्तमान कार्यसमितिलाई अधिवेशन गर्ने जिम्मा दिन तयार भएका हुन् । ‘दुवै नेता (देउवा र पौडेल) बीच नेविसंघको वर्तमान कार्यसमितिको म्याद थपेर अघि बढ्न सहमत हुनुभएको छ । आज बस्ने केन्द्रीय समिति बैठकले निर्णय सार्वजनिक गर्छ,’ प्रवक्ता शर्माले बताए ।

प्रवक्ता शर्माले बढिमा तीन महिनाभित्र अधिवेसन हुनेगरी मिति तय गर्ने पनि जनाए । नेविसंघको विधानअनुसार यसअघि २ वर्ष गुजारेर तीन महिना थपिएको म्याद पनि आजैबाट सकिँदैछ ।

थपिएको समयमा समेत संघको अधिवेशन गर्न नसकेको भन्दै नेविसंघका वर्तमान अध्यक्ष नैनसिंह महरविरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेविसंघका नेताकार्यकर्ताले असन्तुष्टि जनाउदै आएका छन् ।

नेविसंघबारे निर्णय गर्न शनिबार बोलाएको काँग्रेस केन्द्रीय समिति बैठकमा सहमति जुट्न नसकेपछि आज बस्ने बैठकले निर्णय गर्न लागेको हो ।

नेविसंघले यसअघि १२ औं महाधिवेशन गर्न विधान स्वीकृतिका लागि माउ पार्टी काँग्रेसलाई बुझाएपनि संस्थापन पक्ष र इतर समूहबीचको विवादका कारण उमेर हदबाहेक अन्य बुँदाहरु पारित हुन सकेका थिएनन् ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter