काठमाण्डौ । सरकारले काम गर्न सकेन भन्दै आलोचना बढी रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुसंग कामको तीन महिने विवरण सहित समीक्षा सुरु गर्ने भएका छन । प्रधानमन्त्रीको यो कार्यतालिकासंगै संघीय सरकारका मन्त्रीहरुलाई यतिबेला प्रगति विवरण बनाउने चटारो बढेको छ । मंसीर पहिलो सातादेखि प्रधानमन्त्री ओलीले मन्त्री परिषदका सदस्यहरुको तीन महिने समीक्षा थाल्ने भएका कारण पनि मन्त्रीहरुलाई भ्याइ नभ्याइ भएको हो ।

यस अन्तर्गत प्रधानमन्त्री ओलीले मन्त्रीलाई नै अघि राखेर सम्बन्धित मन्त्रालयको काम कार्वाहीबारे सवाल–जवाफ गर्नेछन्। त्यसक्रममा सरकारको नीति तथा कार्यक्रम अन्तर्गत के कति प्रगति भयो, आफ्नो मन्त्रालयको प्रगति विवरण सम्बन्धित मन्त्रीले प्रधानमन्त्रीलाई दिनु पर्नेछ।मन्त्रीहरुलाई सरकारी निवास बालुवाटार वा प्रधानमन्त्रीको कार्यालयमा बोलाएर प्रम ओलीले प्रगति विवरण माग्नेछन्। र, त्यो हेरेर प्रश्न सोध्नेछन्। मन्त्रालयको जिम्मेवारी सम्हाल्दा के के नीति योजना बनाएका थिए र यस अवधिमा ती के कति पुरा भए, मन्त्री र सचिवले प्रधानमन्त्रीलाई जवाफ दिनुपर्नेछ।

‘यो क्रम ५ मंसीरदेखि सुरु हुनेछ’ मैले मेरो मन्त्रालयको कामको विवरण तयार पारी रहेको छु एक मन्त्रीको भनाइ छ ‘एक दिनमा ५ जना जति मन्त्रीसँग प्रधानमन्त्रीले प्रश्न गर्नेछन्।’आफूले गरेका कामको प्रगतिमात्र होइन, आगामी कार्ययोजनाबारे पनि प्रधानमन्त्रीले मन्त्रीहरुसँग जानकारी माग्नेछन्। ‘सरकार र मन्त्रालयका काम कार्वाही प्रभावकारी भएनन् भन्ने गुनासोको आधारमा प्रधानमन्त्रीले यो कदम चाल्न लाग्नुभएको हो’ ती मन्त्रीले भने, ‘अब प्रधानमन्त्री कडाइका साथ अघि बढ्ने सोचाईमा हुनुहुन्छ।’‘कुनै समस्या भए ती समस्या समाधान गर्ने काम प्रधानमन्त्रीबाट हुन्छ’ ती मन्त्रीले भने, ‘त्यसपछि पनि सन्तोषजनक काम नभए काम गर्न नसक्ने मन्त्रीलाई हटाउने प्रक्रिया सुरु हुन्छ।’

मन्त्रीहरुका कामकार्वाही सन्तोषजनक नलागे प्रधानमन्त्री ओलीले सरकारको नीति, आवस्यक जनशक्तिको अभाव वा बजेटका अभावमध्ये के कारणले प्रभावकारी हुन नसकेको हो, त्यसबारे जिज्ञाशा राख्नेछन्।, प्रधानमन्त्रीकै अगाडि बसेर मन्त्री र सचिवले जवाफ दिनुपर्ने भएपछि सबै मन्त्रालयले अहिलेसम्मका कामका विवरण र आगामी कार्ययोजना तयार पारिरहेका छन्। जनताले प्रत्यक्ष अनुभूति गर्ने गरि काम अघि बढाउन र दुई तिहाइ सरकारले काम गर्न सक्छ भन्ने संदेश दिन पनि समीक्षा आवश्यक रहेको प्रधानमन्त्री कार्यलय स्रोतले जानकारी गराएको छ । यतिवेला कुनै मन्त्रीले काम गर्न सकेन भन्दैनन् प्रधानमन्त्रीले नै काम गर्न सकेन भन्ने आरोप लाग्छ त्यसकारण पनि यो समीक्षा र कामको द्रुतता आवश्यक छ प्रधानमन्त्री कार्यालयको बुझाइ यहि हो त्यस अनुरुप नै अब कामको गति अघि बढ्ने छ । #YesKathmandu बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter