सामाजिक सञ्जाल ‘फेसबूक ’का कार्यकारी अधिकृत मार्क जुकरबर्गको राजिनामाको माग उठेको छ । कम्पनीले आफ्नो आलोचना र विरोध गर्ने कम्पनीहरुलाई तह लगाउन उनीहरुको नकारात्मक समाचार र समास्याको बढाई-चढाई गर्न पीआर कम्पनी नै नियुक्त गरेको समाचार सार्वजनिक भएपछि लगानीकर्ताहरुले कम्पनी अध्यक्षको रुपमा जुकरबर्गले राजिनामा दिनुपर्ने माग राखेका हुन् । फेसबूकले भने यस समाचारको खण्डन गरेको छ । यस घटनाले सामाजिक सञ्जालमाथिको नियमन कसिलो बनाउनु पर्ने विवाद पुनः छेडेको छ ।

यसमा फेसबूकले एप्पल  विरोधी प्रविधि कम्पनीमाथि निशाना साँधेको बताइएको छ । कम्पनीले निजी प्रयोगकर्ताको सूचना बेलायती राजनीतिक विज्ञापन कम्पनी क्याम्ब्रिज एनालिटिकालाई बेचेको, सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको घटनालाई दबाएको लगायत केही घोटालाहरु सार्वजनिक भएयता फेसबूकको छवि धमिलिएको छ । तर ध्यान विरोधी कम्पनीहरुको नकारात्मक गतिविधितर्फ मोडेर आफूलाई चोख्याउन कम्पनीले प्रपञ्च रचेको खुलासा भएपनि फेसबूक फेरि आलोचित बनेको छ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter