नयाँदिल्ली । अन्तिम नोभेम्बर २० मा विश्वभर ‘वल्र्ड टवाईलेट डे’ मनाईएको छ । यस दिन महिलाहरुको सुविधाको लागि एउटा यस्तो उपकरण आएको छ, जुन पहिले कल्पना पनि गरिएको थिएन । यो उपकरण महिलाहरुलाई शौचालयमा सुविधा दिनको लागि बनाइएको हो ।

यो उपकरणलाई ‘स्ट्याण्ड एण्ड पि’ भनिन्छ, जुन दिल्लीको आईआईटी विद्यार्थीको एउटा ग्रुपले डिजाइन गरेको हो । यो उपकरणको नाम ‘सान्फे’ राखिएको छ, जसको अर्थ ‘सेनिटेसन फर फिमेल’ हो । यो अद्भुत उपकरण महिलाहरुलाई फोहोर शौचालयमा ठूलो भुमिका निभाउनेछ । सान्फेको मद्दतले महिलाहरु शौचालयमा उभिएर पिशाब गर्न सक्नेछन् ।

मुख्य कुरा त यो छ कि महिलाहरुको लागि यो उपकरण प्रयोग गर्न धेरै सजिलो छ । यो उपकरण वन टाइम युज हुनेछ अथवा एक पटक मात्र प्रयोग गर्न सकिन्छ । महिलाहरुको स्वास्थ्यबारे ध्यानमा राखेर बनाइएको यो उपकरणको मूल्य भारतीय १० रुपैयाँ निर्धारण गरिएको छ ।

यो उपकरण लन्च गर्न अतिरिक्त आईआईटीको छात्राहरुले ‘स्ट्याण्ड फर योर सेल्फ’ क्याम्पियन पनि शुरुवात गरेका छन् । लन्चिङपछि स्याम्पलको रुपमा यो उपकरणको एक लाख युनिट्स निःशुल्क बाँड्ने योजना बनाएको बताएका छन् । फोहोर शौचालय प्रयोग गर्नाले महिलाहरुमा युरिनरी ट्रयाक इन्फेक्शन जस्तो डरलाग्दो रोग धेरै छिटो फैलिरहेको छ ।

फोहोर शौचालयमा बस्न महिलाहरुको लागि बाध्यता बनेको छ, यस्तो अवस्थामा यो उपकरण महिलाहरुको लागि धेरै फाईदाजनक हुनेछ । यसका साथ महिलाहरुको स्वास्थ्यमा पनि खराबी हुने छैन ।

यो उपकरण गर्भवती महिला, अपांगमहिला र बृद्धा महिलाहरुको लागि सबैभन्दा फायदा हुनेछ । किनकी यी महिलाहरुमा उठ्न र बस्न धेरै गार्‍हो पनिहुने गर्छ । आईआईटीको विद्यार्थीहरुले यो उपकरण बनाउन बायोडिग्रेडेबल मेटेरियलको प्रयोग गरेका छन्, जस्ले गर्दा यसलाई सजिलै डंम्पिङ पनि गर्न सकिनेछ ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter