जाजरकोट । जाजरकोटमा एक विद्यार्थी प्रधानाध्यापकबाटै कुटिएका छन् । जाजरकोटको छेडागाड नगरपालिका–११ स्थित बाल माध्यामिक विद्यालय झाप्राका प्रधानाध्यापक पृथ्वीबहादुर सिंहले रजिस्ट्रेशन फर्म भर्न गएका कक्षा ९ का छात्र शेरबहादुर बस्नेतलाई मरासन्न हुनेगरी कुटपिट गरेका हुन् ।

कुटपिटबाट १६ वर्षीय छात्र बस्नेत घाइते भएका छन् । उनको नाक र ओठ फुटेको छ । प्रधानाध्यापक सिंह नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटका अध्यक्ष पनि हुन् ।

बस्नेतको आर्थिक अवस्था कमजोर रहेपछि मजदुरी गर्न उनी काठमाडौं आएका थिए । कक्षामा किन अनुपस्थित भएको ? भन्दै प्रधानाध्यापक सिहंले सबैको अगाडि कुटपिट गरेको भन्दै पीडित विद्यार्थी शेरबहादुरले प्रहरीमा उजुरी दिएका छन् ।

पीडित बस्नेतले इलाका प्रहरी कार्यालय वडावलमा उजुरी दिए पनि प्रहरीले सहमतिमै कुरा मिलाएको थियो । घटना सामान्य रहेको र विद्यार्थीले हेडसरलाई यार भनेर बोलाएपछि हेडसरले सामान्य थप्पड हानेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय वडावलका सई दल वबहादुर पुनका अनुसार विद्यार्थी नै खराब रहेपछि उनैलाई माफी माग्न लगाईएको हो ।
केन्द्रविन्दु डट कम 

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter