पोखरा, मंसीर ९/ बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। आगोलाई बिहान ८ बजे  नियन्त्रणमा लिएको थियो । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हुनमान ध्वज गुल्मको टोली आगो नियन्त्रण लिन सफल भएको हो ।

ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घरधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका  थिए ।स्थानीयवासी नभएको समयमा आगो लागेको हो। ‘ढोरपाटनमा चिसोका कारण तल झरेपछि कोही छैनन्,’ स्थानीयवासी इन्द्र शाहीले भने । नेपाली सेना र शिकार आरक्षका कर्मचारीको टोलीले आगो जङ्गलतर्फ पस्न नदिएका कारण थप क्षति नभएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए।

स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने थापाले बताए। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने बताएको छ।

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter