पोखरा, मंसिर ११ ।
शुक्रबार भएको कार्यपालिका बैठकको निर्णय ४ दिनपछि सोमबार सार्वजनिक गरिएको छ । बैठकले शिक्षा र सहकारी समिति गठन गरेको छ । नेकपाका नेता तेजनारायण अधिकारीको संयोजकत्वमा ७ सदस्यीय सहकारी ब्यवस्थापन समिति गठन भएको छ ।

समितिको सदस्यहरुमा राधिका शाही योगी, ओमप्रसाद सुबेदी, पुर्णकुमार गुरुङ, भीम गुरुङ, डा.उमानाथ बराल, सोमलाल कडेल र सदस्य सचिवमा गंगालाल सुबेदी चयन भएका छन् ।

उता मेयर मानबहादुर जिसीको संयोजकत्वमा शिक्षा परिषद् र शिक्षा समिति पनि गठन भएको छ । शिक्षा परिषद्को उपाध्यक्षमा उपमेयर मञ्जुदेवी गुरुङ र सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी, कार्यपालिका सदस्य सन्तु सुवेदी र श्रीराम पोख्रेल तथा महानगर योजना आयोगका शिक्षा क्षेत्र हेर्ने एकजना सदस्य, शिक्षा विदको रुपमा डा. रामचन्द्र पोख्रेल, डा. गेहेन्द्रश्वर कोइराला, डा. टंक तिमिल्सीना, राधाकृष्ण लामिछाने, धनराज आचार्य, त्रिपुरेश्वर त्रिपाठी, डा. दिलबहादुर क्षेत्री, रामप्रसाद पोख्रेल र दिनेश श्रेष्ठ चयन भएका छन् भने सदस्य सचिवमा नगर शिक्षा अधिकारी छन् ।

अन्य सदस्यहरु परिषद् बैठकबाट थप गर्ने नगरपालिकाले जनाएको छ । शिक्षा समितिको सदस्यहरुमा प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, कार्यपालिका सदस्य मित्रलाल बराल, अक्कलबहादुर कार्की, शिरोमणी लामिछाने, कृष्णबहादुर केसी चयन भएका छन् भने शिक्षाविद्हरुबाट तीनजना सदस्य र सदस्य सचिवको रुपमा महानगर शिक्षा महाशाखा प्रमुख छन् । बाँकी सदस्यहरु पछि थप गरिने प्रबक्ता नेपालीले जानकारी दिए ।
dnanepal बाट

Nepali Patro

आजको सटही

मिति परिवर्तन


Powered by © nepali date converter

Twitter